विराटनगर । विष्णुमाया पुस्तकालय विराटनगर–१ ले महिलाहरुलाई निःशुल्क सीपमूलक तालिमहरु दिंदै आएको छ । स्थानीय महिलाले फुर्सदको समय पारेर सीपमूलक तालिम लिंदै आएका छन् । अहिले एक दर्जन महिलाले दुना, टपरी गाँस्ने तालिम लिंदै आएका छन् ।
पुस्तकालयका अध्यक्ष केशब गौतमका अनुसार गत फागुन महिनादेखि पुस्तकालयले आफ्नै पहलमा तालिम शुरु गरेको हो । यस बीचमा धागो कात्ने, अगरबत्ती बनाउने, जनै कात्ने जस्ता तालिमहरु सम्पन्न भैसकेका छन् । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
पुस्तकालयले महिलाहरुले उत्पादन गरेका वस्तुको उत्पादन गर्न चाहिने कच्चापदार्थ उपलब्ध गराइदिने आदि काम पनि गर्दै आएको छ ।
View : 127
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved