सुन्दरहरैंचा । सिद्वार्थ युवा क्लबको आयोजनामा मोरङको सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
महिला खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगिता सुन्दरहरैंचाको गछिया खेल मैदानमा माघ ६, ७ र ८ गते हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएका छन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको हो । खेलको प्रवद्र्धन सुन्दरहरैंचा खेलकुद विकास समितिले गरेको छ ।
प्रतियोगितामा दैनिक चार खेल सञ्चालन हुने बताइएको छ । प्रथम हुने टोलीले १ लाख ३३ हजार रुपैयाँ र द्वितीय हुने टोलीले ६६ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजयी टोलीलाई शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष असिम राईले प्रतियोगितामा ओखलढुंगा, भोजपुर, धनकुटा, खोटाङ, संखुवासभालगायत पहाडी जिल्लाका पालिकाबाट समेत टोलीको सहभागिता रहने जानकारी दिए । हालसम्म १२ वटा खेल टोलीको दर्ता भइसकेका बताइएको छ ।
View : 71
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved