काठमाडौँ, १५ असोज । सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने सङ्गोष्ठी बुधबारदेखि धुलिखेलमा हुने भएको छ ।
सङ्गोष्ठीको उद्घाटन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपालका लागि चीनका राजदूत छन् सङले गर्ने कार्यक्रम रहेको आयोजक पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरले जनाएको छ ।
सङ्गोष्ठीमा नेपाल र चीनसहित हिमाल राष्ट्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम गर्नेछन् । सेन्टरका निर्देशक प्राध्यापक हान होङका अनुसार सङ्गोष्ठीमा हिमालय क्षेत्रको सञ्चार विकास साझेदारी सामाजिक विकास अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।
गोष्ठीमा युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिङ्घाल, छिङ्ह्वा विश्वविद्यालयका प्राध्यापक लि सिङ्गवाङ, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक निर्मलमणि अधिकारी, जहवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोन्ड रवीन्द्रनाथ, दिल्ली विश्वविद्यालयका प्राध्यापक सरिता आनन्दलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
गोष्ठीमा ५० बढी अनुसन्धानकर्ताले सञ्चार तथा सामाजिक विकासका विभिन्न विषयमा गरेका अनुसन्धानका सार प्रस्तुत गर्ने कार्यक्रम छभने हिमालय क्षेत्रमा केन्द्रित भएर तयार पारिएका वृत्तचित्र तथा पुस्तक पनि प्रदर्शनी गरिनेछ । रासस
View : 373
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved