विराटनगर : नेपाल पूर्व प्रहरी संगठन परिवारको प्रथम अधिवेशनले पूर्व प्रहरी नायव उपरीक्षक (प्रनाउ) बद्रीविक्रम थापाको अध्यक्षतामा बीस सदस्यीय समिति गठन गरेको छ । शनिबार गठित समितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रराज रिजाल, उपाध्यक्षमा शम्भुप्रसाद वराल, सचिव धर्मराज न्यौपाने, सहसचिव अशोककुमार सिंह र कोषाध्यक्षमा कल्पना पाण्डे चयन भएका छन् ।
समितिको सदस्यहरुमा पीताम्बरप्रसाद रिजाल, सुमादेवी कार्की, बलराम सिग्देल, गंगाबहादुर पौडेल, मुनादेवी मिश्र, नन्दराज दाहाल, श्यामकुमार कार्की, जयनारायण श्रेष्ठ, टेकनारायण सरदार, बलराम ताजपुरिया, पेशल भट्टराई, तीलकुमारी वस्नेत (अमर प्रहरी परिवार), तीर्थबहादुर बिक र ढकेन्द्रराज केसी छन् ।
साधारण सभामा पूर्व प्रहरी नायव महानिरीक्षक भक्तिनाथ माझी, विराटनगर–४ का वडाध्यक्ष जितन थापा एवम् सुनसरी, मोरङ, झापालगायतका जिल्लाका तीन सय बढी पूर्व प्रहरीहरुको सहभागिता रहेको आयोजक पूर्व प्रहरी नायव उपरीक्षक रामकुमार श्रेष्ठले जानकारी दिए ।
View : 437
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved