Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

महासंघमा नवनिर्वाचितलाई संघको बधाई

उद्‌घोष संवाददाता
३१ वैशाख २०८३, बिहिवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित संगठनका पूर्वअध्यक्ष सुशय प्याकुरेलसहित महासंघ कोशी प्रदेश र विराट व्यापार संघको नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

बुधबार आयोजित कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका संस्थाबीच सहकार्य, समन्वय तथा साझा मुद्दामा एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । 

उनले नयाँ नेतृत्वले व्यावसायिक हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

अध्यक्ष राठीले बजारमा देखिएका चुनौती, कर प्रणालीका जटिलता, सीमावर्ती व्यापारका समस्या, डिजिटल व्यापार विस्तार तथा साना–मझौला व्यवसाय संरक्षणजस्ता विषय निजी क्षेत्रका साझा चासो भएको उल्लेख गर्दै समाधानका लागि  ती संस्थाबीच अझ सशक्त सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका नव निर्वाचित केन्द्रीय सदस्य सुशय प्याकुरेलले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानका लागि नीति संवाद, कर तथा श्रमसम्बन्धी जटिलता न्यूनीकरण, बैंक तथा वित्तीय क्षेत्रसँग सहजीकरण तथा व्यवसायीमैत्री कानुनी व्यवस्था निर्माणमा निजी क्षेत्रबीच साझा पहल आवश्यक रहेको धारणा राखे । 

उनले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्न संस्थागत सहकार्य अपरिहार्य रहेको बताए ।

उद्योग बाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा औद्योगिक तथा व्यावसायिक विकासका व्यापक सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी लगानी आकर्षण, औद्योगिक पूर्वाधार विकास, निर्यात प्रवद्र्धन, पर्यटन तथा कृषिमा आधारित उद्योग विस्तार, युवा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रबीच ऐक्यबद्धता आवश्यक रहेको बताए ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद कुमार अग्रवालले स्थानीय व्यवसायीको मनोबल उच्च राख्ने, बजारलाई व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग समन्वयलाई प्राथमिकतामा राखिने बताए ।

उनले कर सचेतना र उपभोक्तामैत्री बजार निर्माणमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

View : 182

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved