Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

पथरीशनिश्चरेका विनोद राई बने ‘भ्वाइस अफ नेपाल–५’

उद्घोष सम्वाददाता
२९ पुष २०८०, आइतवार

विराटनगर । मोरङको पथरी शनिश्चरेका विनोद राईले भ्वाइस अफ नेपाल सिजन–५ को उपाधि जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा भ्वाइस अफ नेपाल सिजन–५ को ‘ग्राण्ड फिनाले’ मा राई विजेता घोषित भए ।

प्रतियोगिताकी प्रशिक्षक मिलन नेवारको समूहबाट राईले यो उपाधि उचालेका हुन् । चारजना अन्तिम सूचीमा परेका बीचको कडा प्रतिस्पर्धा र दर्शकहरुको भोटको आधारमा उनी विजेता बनेका थिए । मकरबहादुर योञ्जन प्रथम उपविजेता, कुमारप्रयास राई दोस्रो उपविजेता र नोगेन लिम्बू तेस्रो उपविजेता घोषित भए । 

जितसँगै उनले २० लाख नगदसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितालाई प्रशारण गरिरहेको हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतले उनलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

समापनमा प्रशिक्षक मिलन नेवारसहित उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले पनि आफ्नो टोलीका लागि प्रस्तुति दिएका थिए । 

अन्तिम चरणमा राई विजेता बनेसँगै पथरी शनिश्चरेबासी पनि हर्षित भएका छन् । विनोद राई जिताऔं अभियान नै चलाएका सन्तोष राईले भ्याइस अफ नेपालको उपाधि दिलाउन भोटको लागि सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।
विजेता राई इलाममा जन्मिएका थिए । उनको पथरी शनिश्चरे नगरपालिका–३ भोटेघुम्ती थुम्के चोकमा घर रहेको छ ।

View : 91

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved