Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योगको ‘पावर कन्ट्रोल’ सम्बन्धी तालिम

उद्‌घोष संवाददाता
२१ साउन २०८२, बुधवार

विराटनगर । उद्योग प्रतिष्ठानमा जडान भएको विद्युतको आधुनिक नियन्त्रण प्रणालीको सुरक्षा र मर्मतका लागि त्यहाँ कार्यरत प्राविधिकहरूको क्षमता विकास गर्ने उद्देश्यले सात दिने तालिम प्रदान गरिएको छ । 

मोरङ उद्योग व्यापार संघको आयोजनामा विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई तालिम प्रदान गरिएको हो ।

संघको ऊर्जा समितिद्वारा साउन १४ देखि आयोजित तालिम मंगलबार सकिएको जनाइएको छ । तालिममा विभिन्न उद्योग प्रतिष्ठानका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनलाई आधुनिक औद्योगिक विद्युत प्रणाली, अटोमेटिक कन्ट्रोल, पीएलसी, मोटर ड्राइभ, विद्युत सुरक्षाका उपाय र ऊर्जा दक्षता सम्बन्धी विषयबारे सहजीकरण गरिएको जनाइएको छ ।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले संघले उद्देश्य अनुसार नै उद्योग व्यवसाय क्षेत्रको विकास तथा आधुनिकिकरणका लागि विभिन्न प्रकारका तालिम प्रदान गर्ने गरेको बताए ।

संघका महासचिव सञ्जयकुमार श्रेष्ठले विद्युत प्राविधिकहरूलाई प्रदान गरिएको तालिममार्फत उद्योगका लागि लाभदायक रहेको बताए । संघका कार्यकारिणी सदस्य तथा ऊर्जा समिति संयोजक शुशील सुरानाले तालिम प्रयोगात्मक रहेकोले लाभदायी रहेको बताए । उनले आगामी दिनमा समेत यस्तो तालिम प्रदान गरिने बताए ।

तालिमका सहजकर्ता शंकर कामतले संघले मोरङ–सुनसरी औद्योगिक करिडोरमा कार्यरत विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनलाई अतिनै आवश्यक तालिम प्रदान गरेको बताए । यस्तो तालिमले उद्योग प्रतिष्ठानमा विद्युतजन्य दुर्घटना न्यूनिकरण हुने र विद्युत आपूर्तिको प्रणाली थप सुरक्षित भई औद्योगिक उत्पादन बृद्धिमा सघाउ पु¥याउने बताए ।

एशियन विस्कुट एण्ड कन्फेक्सनरी उद्योगका विद्युत प्राविधिक बलरामकुमार साहले तालिमबाट प्राप्त गरेका सीपलाई उद्योगको विद्युत व्यवस्थापनमा उपयोगी रहेको बताएका थिए ।

View : 371

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved