Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

महानगरले गर्यो त्रैमासिक समीक्षा गोष्ठी

उद्‌घोष संवाददाता
१ मंसिर २०८२, सोमवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टभित्रै सञ्चालन गरेको छ । 

जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी गरी क्षति पुगेपछि महानगरले टेन्टभित्रै समीक्षा गोष्ठी सञ्चालन गरेको हो । 

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको गोष्ठीमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा महानगरबाट भएका कार्यप्रगति प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखा प्रमुख सञ्जीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलिया लगायतले आ–आफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

समीक्षा अवधिमा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । 

जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा आगजनी गरिएको थियो । जसका कारण सेवाप्रवाहमा समस्या देखिंदै आएको छ ।

View : 585

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved