सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा विभिन्न १९ दल र सात स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved