Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

यी हुन् इटहरीको सवारीचालक अनुमतिपत्र कार्यालयबाट पक्राउ परेका बिचौलिया

२४ वर्षीया मनिका भने नक्कली डाक्टरको आरोपमा पक्राउ परेकी हुन् । उनी यातायात कार्यालय अगाडि एउटा सटर भाडामा लिएर सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्दै आएको खुलेको छ ।
उद्घोष सम्वाददाता
१० असोज २०८१, बिहिवार

इटहरी । सुनसरीको इटहरीस्थित यातायात ब्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमतिपत्र कार्यालयबाट १७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई ठगी गरेको आरोपमा उनीहरुलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८ घर भई इटहरी–१३ शान्ति चौक बस्ने २४ बर्षीया सकुन राई, इटहरी–१२ खनार बस्ने २४ बर्षीया मनिका गिरी, इटहरी–९ बस्ने २५ बर्षीय सन्दिप श्रेष्ठ, सप्तरी राजगढ–४ घर भई हाल इटहरी– ९ बस्ने ४४ बर्षीय प्रशान्त शाह, उदयपुर गाईघाट घर भई इटहरी–२ बस्ने १९ बर्षीय महेश राई, इटहरी–४ का ३४ बर्षीय देवेन्द्र बस्नेत र मोरङ बुढिगंगा–२ टंकीसिनुवारी बस्ने ३२ बर्षीय सुशील शाह रहेका छन् ।

२४ वर्षीया मनिका भने नक्कली डाक्टरको आरोपमा पक्राउ परेकी हुन् । उनी यातायात कार्यालय अगाडि एउटा सटर भाडामा लिएर सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्दै आएको खुलेको छ । गिरी इटहरी उपमहानगरपालिकाकी कार्यापालिका सदस्य विनिता गिरीकी छोरी भएको जनाइएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगा नगरपालिका–३ का २३ बर्षीय संयोग राई, इटहरी–१ का ३७ बर्षीया प्रगति खतिवडा, सुनसरी रामधुनी–१ बस्ने ३८ बर्षीय किरणकुमार चौधरी, मोरङ रंगेली–९ का ३३ बर्षीय दुर्गाप्रसाद भट्टराई, इटहरी–४ का ३९ मोहन बास्तोला, १९ बर्षीय सफल राई, इटहरी–५ का १९ बर्षीय अजित खवत्तरी र भोजपुर घर भई इटहरी–२० बस्ने युवराज तामाङ पनि पक्राउ परेका छन् । 

उनीहरुलाई चालक अनुमतीपत्र बनाउने नाममा सेवाग्राहीलाई ठगी गरेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

सेवाग्राहीको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी इटहरीको टोलीले अनुगमन गरेको थियो । 

ती कार्यालयमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ । 

सवारी चालक अनुमतिपत्र कार्यलयपछि सुनसरी प्रशासनले  अन्य कार्यालयमा अनुगमन गरी बिचौलिया नियन्त्रणमा लिने तयारी गरेको छ ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved