Biratnagar, Morang, Nepal
१३ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

४२ सयलाई रोजगारी दिने अरिहन्त मल्टिफाइबर्स लिमिटेड सम्मानित

उद्‌घोष संवाददाता
१३ असार २०८३, शनिवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङले उच्च संख्यामा रोजगारी प्रदान गर्ने अरिहन्त मल्टिफाइबर्स लिमिटेडलाई सम्मानित गरेको छ ।

संगठनको शुक्रबार आयोजित ५३ औं वार्षिक साधारण सभामा अहरिन्तलाई सम्मानित गरिएको हो ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योगका संचालक अश्विनी गोल्छालाई सम्मानपत्र प्रदान गरेका हुन् ।

अरिहन्तले ४ हजार २०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको जनाइएको छ । 

उक्त अवसरमा अरिहन्तसहित उच्च निर्यात योगदान उद्योग सम्मानबाट पशुपति खाद्य तेल उद्योग प्रालि, उदीयमान निर्यात उद्योग सम्मानबाट जय श्री पियुटेक प्रालि, आत्मनिर्भरता कदर सम्मानबाट एलेक्सा लाइफ साइन्सेस प्रालि सम्मानित भएका छन् । 

सोही अवसरमा उद्योग–शैक्षिक सहकार्य कदर सम्मानबाट जानकी पोलिट्याङ्क प्रालि, उदीयमान स्टार्टअप उद्यमी कदर सम्मानबाट आरा टेक्नोलोजी प्रालि तथा प्राविधिक शिक्षा तथा सीप विकास योगदान कदर सम्मानबाट दुहबी नगरपालिका र इन्स्योर परियोजनालाई सम्मानित भएका हुन् ।

View : 32

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved