Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

चलचित्र ‘११:५५’ निर्माण घोषणा‚ कथा सस्पेन्स थ्रीलरको

उद्घोष सम्वाददाता
२१ मंसिर २०८०, बिहिवार

काठमाडौं । नेपाली चलचित्र ‘११:५५’ को निर्माण हुने भएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरी निर्माण टिमले ‘११:५५’ बनाउने औपचारिक घोषणा गरेको हो ।

केशव पाण्डेको निर्देशन रहने चलचित्र सस्पेन्स थ्रीलर कथावस्तुमा आधारित रहने जनाइएको छ । चलचित्रमा कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङ लगायतको अभिनय रहने छ । लामो समय अष्ट्रेलिया बसेका पाण्डेले यसअघि छोटा फिल्म निर्देशन गर्दै आएका थिए । 

एमएस अग्रज कार्यकारी निर्देशक रहेको चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माताका रुपमा छन् । चलचित्रमा अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत रहने छ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ । चलचित्र शनिबारबाट फ्लोरमा जाने जनाइएको छ ।

View : 62

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved