Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रहरीको जुवातास अपरेशन

मोरङ र सुनसरीबाट एकैरात समातिए २६ जना, खालबाट करिव १३ लाख बरामद

उद्‌घोष सम्वाददाता
१७ कार्तिक २०८१, शनिवार

विराटनगर । मोरङ र सुनसरी प्रहरीले गए राती २६ जना जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट १३ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले विराटनगरबाट १० जना र सुनसरीबाट १६ जनालाई पक्राउ गरेको हो । दुवै ठाउँबाट प्रहरीले  १२ लाख ९० हजार ९६० रुपैयाँ बरामद गरेको हो ।

तिहारको मौका छोपेर व्यापक जुवातास हुने गरेको सूचना पाएपछि खटिएको प्रहरीले मोरङको विराटनगर महानगरपालिका–११ स्थित संगम पार्टी प्यालेस नै भाडामा लिएर जुवा खेल्ने १० जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा यातायात, पेट्रोलियम र तरकारीको थोक व्यवसायमा संलग्न व्यक्तहरू रहेका छन् ।

उनीहरूले जुवातास खेलिरहेको ठाउँबाट १० लाख ६ हजार ९९५ रुपैयाँ र ५ बुङ तास समेत बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

गए राती करिव १० बजेतिर प्रहरीले विराटनगर–११ स्थित संगम पार्टी प्यालेस नै भाडामा लिएर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी वेद प्रकाश जोशीले बताए ।

प्रहरीले सार्वजनिक गरेको नाम अनुसार पार्टी प्यालेसका संचालक विराटनगर–११ का ५९ वर्षीय पदम श्रेष्ठसहित सोही ठाउँका ६१ को राजन कडेल, ५७ वर्षीय पशुपति भगत, ५० वर्षीय विरेन्द्र साह, विराटनगर–३ का ५५ वर्षीय ध्रुव सिग्देल रहेका छन् । त्यसैगरी विराटनगर–५ का ५५ वर्षीय मनिराज प्रसाईँ, विराटनगर–१२ का ४१ वर्षीय टुनटुन शर्मा, ४७ वर्षीय सुरेन्द्र ठाकुर, ५० वर्षीय बाबुराम कट्टेल र ४६ वर्षीय लिला सहनी रहेका छन् ।

पक्राउ परेका कडेल सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष हुन् । शर्मा फर्निचर व्यवसायी, भगत  आलुप्याजका थोक व्यवसायी, कट्टेल यातायात व्यवसायी र सिग्देल पेट्रोलियम व्यवसायी हुन् । 

त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका–६ बलाहाबाट १६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट २ लाख ८३ हजार ९६५ रुपैयाँ बरामद गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–६ का उग्रनारायण चौधरी, तीर्थराज अधिकारी, झगरु चौधरी, इन्देश सरदार, गौरव कोइराला, बालकृष्ण कोइराला, दिनेश पोखरेल, अमित कार्की, सुमन विश्वकर्मा रहेका छन् । 

त्यस्तै जीवन तामाङ, गोपाल बहादुर चौहान, राजिव दुलाल, श्रवण कुमार तामाङ, युजिन कोइराला, इटहरी उपमहानरपालिका–१३ बस्ने नेमलाल र १२ का भरत कटवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

View : 237

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved