काठमाडौँ, ४ असोज । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य आज तोलामा ३५ ले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ । रासस
View : 334
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved