Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

छठ पर्वले राष्ट्रिय एकतालाई बलियो बनाएको छ : कोइराला

उद्‌घोष सम्वाददाता
४ मंसिर २०८०, सोमवार

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले छठ पर्वले राष्ट्रिय एकता बलियो बनाएको बताएका छन् ।

छठ पूजाको अवलोकन गर्न पिचरा नहर पुगेका नेता कोइरालाले सञ्चारकर्मीसँग कुराकानी गर्दै आपसी सद्भावसँगै राष्ट्रिय एकतालाई बलियो बनाएको बताए । उनले छठ पर्वले सबै नेपालीमा एकता, राष्ट्रिय अखण्डता, मेलमिलाप र सहमति कायम गर्ने विश्वाससमेत व्यक्त गरे ।

नेपालभित्र मानिने हरेक पर्वको आफ्नो छुट्टै विशेषता र महत्व रहेको उनको भनाइ थियो । अझ छठ पर्वले विशिष्ट महत्व र विशेषता बोकेको कोइरालाले बताए ।

नेता कोइरालाले अहिले मुलुकको राजनैतिक, धार्मिक, सांस्कृतिक एकतामाथि प्रहार भइरहेको बताउँदै सचेत रहन आग्रहसमेत गरे । प्रतिनिधिसभाका सदस्यसमेत रहेका कोइरालाले ब्रतालुहरूलाई भेटेर शुभकामना दिएका थिए ।

View : 210

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved