Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराट शिक्षा निकेतनमा 'बदलिँदो शिक्षा र शैक्षिक सीप'बारे विज्ञहरूको विमर्श

उद्‌घोष संवाददाता
१४ फागुन २०८२, बिहिवार

विराटनगर । विराटनगर–३, पृथ्वीटोलस्थित विराट शिक्षा निकेतन (बीएसएन) स्कुलले 'बदलिँदो शिक्षा र नयाँ युगमा शैक्षिक सीप विकास' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रतिष्ठित प्राध्यापकहरूसँग शिक्षाको समसामयिक अवस्थाबारे छलफल गरिएको हो।

कार्यक्रममा बालबालिकाको सर्वाङ्गिण शैक्षिक विकासका लागि विद्यालयले निर्वाह गर्नुपर्ने भूमिका र बीएसएनले हालसम्म अपनाउँदै आएका शिक्षण पद्धतिबारे गहन विमर्श भएको थियो।

नयाँ युगको मागअनुसार विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक र जीवनोपयोगी सीपमा कसरी अभ्यस्त गराउने भन्ने विषयमा शिक्षाविद्हरूले सुझाव दिएका थिए।

 

अन्तरक्रियामा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, महेन्द्र मोरङ क्याम्पस एकाई सभापति नवीन अधिकारी, सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारी, डा. अनिल अधिकारी, वित्तविज्ञ सीताराम चम्लागाईं, राजनीतिशास्त्रीद्वय इन्दिरा प्रसाईं र नवराज  पाण्डे तथा समाजशास्त्री सुरज भट्टराईको सहभागिता थियो।

सहभागी विज्ञहरूले बदलिँदो वैश्विक परिवेशमा शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री र विद्यार्थी केन्द्रित बनाउनुपर्नेमा जोड दिएका थिए।

विद्यालयका प्राचार्य धीराज आचार्यले विभिन्न क्षेत्रका विज्ञ प्राध्यापकहरूबाट प्राप्त सुझावहरू विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अत्यन्तै अर्थपूर्ण र मार्गदर्शक रहेको बताए ।

उनले यस्ता प्राज्ञिक सुझावहरूलाई आत्मसात् गर्दै विद्यालयलाई आगामी दिनमा अझ परिष्कृत रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।


 

View : 356

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved