उदयपुर । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–२ चारघरे बस्ने १९ वर्षीय सञ्जय सदालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सञ्जयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरकै कटारी नगरपालिका–९ लिम्पाटार बस्ने १९ वर्षीय भोजराज परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भोजराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका–७ तुम्देन चोक बस्ने ३५ वर्षीय राकेश भन्ने युक्फोदेन शेर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शेर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–६ सोमबारे बस्ने २६ वर्षीय न्युजन राई र २२ वर्षीय भोजकुमार पाण्डेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले आप्mनो वेबसाइटमा उल्लेख गरेको छ ।
View : 291
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved