काठमाडौं : अभिनेत्री केकी अधिकारीले २०६८ सालमा फिल्म ‘स्वर’बाट डेब्यू गरेकी थिइन् । पहिलो फिल्मदेखि नै अभिनयको वाहवाही बटुल्दै आएको भए पनि उनले सफलताको महसुस भने २०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ बाट मात्रै गर्न पाइन् । यो बीचमा उनका करिब २५ वटा फिल्म असफल भए । ‘छ माया छपक्कै’ले भने उनलाई सफलताको ढोका नै खुलाइदिएको छ ।
गत वर्ष उनी अभिनित फिल्म ‘झिंगेदाउ’ व्यावसायिक रुपमा सफल सावित भएको थियो । यसपालि केकीलाई फिल्म ‘परदेशी २’ले अर्को हिटको खुसी दिएको छ । दशैंको माहोल छोपेर असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्मले घरेलू बक्स अफिसमा राम्रो अंक जोडेको छ । र, उनले अभिनयको पनि प्रशंसा कमाइरहेकी छिन् । उनी यसपालि आफूलाई दुईवटा दशैं आएको मान्छिन् ।
बुधबार फिल्मको विशेष शोमा सञ्चारकर्मीसँग केकीले भनिन्, ‘फिल्ममा जोडिएपछि हामीलाई एकदमै गर्वको कुरा हुन्छ कि जब दर्शकको माया र निर्माताको मुहारमा खुसी देखिन्छ । त्यसबेला एउटा कलाकारले राहत महसुस गर्छ । हाम्रो लागि अहिले एकदमै खुसीको क्षण छ । मलाई त यसपालि दुईटा दशैं आए जस्तो भयो । एउटा दशैं छँदै थियो, ‘परदेशी २’ले अर्को दशैं पनि थपिदियो ।’
नयाँ बानेश्वरस्थित ‘आइएनआई सिनेमा’मा आयोजित विशेष शोजमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, सांसद् सोबिता गौतम, नेतृ रामकुमारी झाक्री, निर्माता तथा निर्देशक अशोक शर्मा लगायतले ‘परदेशी २’ले नेपाली समाजको यथार्थ चित्रण गरेको प्रतिक्रिया दिएका थिए । फिल्मले बक्स अफिसमा ५ करोडमाथिको कलेक्सन गरिसकेको बताइएको छ ।
View : 455
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved