विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सेवाग्राहीहरुलाई प्रदान गर्ने केही महत्वपूर्ण सेवाहरु आज बुधबारबाट सुरु गर्ने भएको छ ।
राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाबाहेक अरु सेवा प्रदान गर्न लागिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले हस्ताक्षर गरी सार्वजनिक गरेको सूचनामा सो कुरा जनाइएको छ ।
नागरिकताको अभिलेख पनि आगोले जलेर नष्ट भएकाले नागरिकताको प्रतिलिपि दिन भने गृहमन्त्रालयबाट निर्देशन प्राप्त भएपछि मात्र सेवा प्रदान गर्ने जानकारी सूचनामा गराइएको छ ।
जेनजीको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनमा आन्दोलनकारीका नाममा केही विध्वंशकारीहरुले भदौ २४ गते जिल्ला प्रशासन कार्यालय मोरङलगायत अन्य सरकारी कार्यालयहरु जलाएर ध्वस्त पारेका थिए ।
त्यस बेलादेखि नै जिल्ला प्रशासन कार्यालयबाट हुने अधिकांश कामहरु बन्द भएका थिए ।
View : 338
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved