Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

फोक्सिङटारको बगाएको पक्की पुलको बिचमा ८० मिटरको बेलिब्रिज लगाइँदै, उच्चस्तरीय टोलीले गर्यो अनुगमन

सुनकोशीमा पानीको सतह घटेका कारण सडक विभागले स्थलगत रुपमा अनुगमन गरेको जनाइएको छ । उक्त पुलको दुवैतिर बाँकी रहेको २०-२० मिटरको संरचना सुरक्षित रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
उद्घोष सम्वाददाता
२ कार्तिक २०८१, शुक्रवार

उदयपुर । गत असोज १२ गते आएको बाढीले बगाएको उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुलको सडक विभागका उच्च अधिकारी, विज्ञ टोली र राजनीतिक दलका नेताहरूले स्थलगत निरीक्षण गरेका छन् ।

नेकपा एमालेका नेता तथा संविधानसभा सदस्य विशाल भट्टराईले विभागको उच्चस्तरीय टोली लिएर उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको बगाएको पुलको अनुगमन गरेका छन् ।

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा. विजय जैसीको नेतृत्वको टोलीले बिहीबार फोक्सिङटारको पुलको अनुगमन गरेर तत्कालै वैकल्पिक पुल निर्माण गर्न सकिने नसकिने सम्भावनाबारे अध्ययन गरेको जनाइएको छ ।

एमाले नेता तथा संविधान सभा सदस्य विशाल भट्टराई सहित पुल महाशाखा प्रमुख ललिजन खनाल, पुलचोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा. राजन सुवाल र डा. भरत मण्डलसहितको टोलीले सुनकोशी नदिले बगाएको पुलको अनुगमन गरेका हुन् । 

सुनकोशीमा पानीको सतह घटेका कारण सडक विभागले स्थलगत रुपमा अनुगमन गरेको जनाइएको छ । उक्त पुलको दुवैतिर बाँकी रहेको २०-२० मिटरको संरचना सुरक्षित रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । 

उक्त टोलीले बाढीले बगाएको पुलको बिचको भागमा भारवहन क्षमता जाँच गरेर त्यसमाथि ८० मिटरको बेलिब्रिज लगाउने या पुल बगाएको स्थानभन्दा केही माथि १२० मिटर लामो बेलिब्रिज जडान गर्ने भन्ने विषयमा छलफल हुने विभागको पुल महाशाखा प्रमुख ललिजन खनालले बताए । 

महाशाखा प्रमुख खनालले सडक विभागले ८० मिटर भन्दा लामो बेलिब्रिज भारत सरकारसँग माग गरेको र आउने बित्तिकै जडान प्रक्रिया सुरु गरिने पनि जानकारी दिए ।

पुलको ८० मिटरको भाग बगाएको हुनाले त्यसैमा बेलिब्रिज जोड्ने विकल्प उपयुक्त हुने जनाइएको छ । तर उक्त लम्बाइको बेलिब्रिज नेपालमा नभएकोले भारतबाट मगाइएको जनाइएको छ ।

अनुगमनका क्रममा एमाले नेता भट्टराईले नेपालमा यस्तो खालको पुल उपलब्ध नभएकोले भारतबाट मगाइएको जानकारी भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले बताएकोले चाँडै बेलिब्रिज ल्याएर जडान गरिने उनले बताए । 

नेता भट्टराईका अनुसार हिउँद वर्षा दुवै याममा पुल सञ्चालन हुने गरी बेलिब्रिज तत्काल जोड्ने र अर्को स्थायी पुलको कार्य अघि बढाउने पनि जानकारी दिए ।

View : 266

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved