Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

आईसीसी टी–२० विश्वकप क्रिकेट

हिरो मोटरसाइकलका राइडरले विराटनगरमा निकाले ‘हिरो चियर अप’ र्‍याली

उद्घोष सम्वाददाता
२२ जेठ २०८१, मङ्गलवार

विराटनगर । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता सीजी मोटर्सले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना दिन नेपालका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली निकालेको छ ।

सोही अवसरमा विराटनगरको बिक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रालिको आयोजनामा मंगलबार विराटनगरमा समेत मोटरसाइकल र्‍याली निकालिएको हो । 

मुनालपथस्थित शोरुमबाट निकालिएको शुभकामना र्‍याली बरगाछी हुँदै तीनपैनी– रोडशेष चोकबाट पुनः धरान रोड हुँदै मुनालपथमै पुगेर समापन गरिएको जनाइएको छ । 

र्यालीका सहभागी हिरो मोटरसाइकलका प्रयोगकर्ताहरुले ‘चियर अप नेपाल’ लेखेको टिसर्ट लगाएर खेलाडीहरूको हौसलाका लागि राष्ट्रिय झन्डासमेत फहराएका थिए ।

टी–२० विश्वकप क्रिकेटमा नेपालको सहभागिताले सम्पूर्ण नेपाल र नेपालीको शान बढाएको र नेपाललाई क्रिकेटका माध्यमबाट विश्वभरि चिनाएको भन्दै मोटरसाइकल कम्पनीको तर्फबाट र्‍याली निकालिएको जनाइएको छ । र्यालीमा ३० जनाभन्दा बढी हिरो राइडरले सहभागिता जनाएका थिए । 

सोही अवसरमा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठुलो कम्पनी हिरोले आर्जन गरेको विश्वास र उत्कृष्टता सबैमाझ परिचित रहेको सन्देश समेत दिइएको थियो ।

हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपालमै एसेम्बल भइरहेका छन् । नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एउटा मुख्य ब्रान्ड हिरोले नयाँ बेन्चमार्कहरू कायम गर्दै आएको दाबी गरेको छ ।

View : 328

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved