Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

‘महाजात्रा’ को कलाकार टोली विराटनगरमा

कुन कलाकारले के भने ? हेर्नुहोस् भिडियोमा..........

विराटनगर । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ को प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मलाई प्रवर्द्धन र प्रचार प्रचारका लागि कलाकार टोली विराटनगर आइपुगेको छ ।

विराटनगरको भाटभटेनी सुपरमार्केटस्थित क्यूएफएक्स सिनेमा घरमा अभिनेता हरिवंश आचार्यसँगै कलाकारहरू विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत तथा निर्माता यज्ञश्वर पौडेलले फिल्म भव्य रुपमा चल्नेमा आफूहरू ढुक्क भइसकेको दाबी गरे । महाजात्राले आगामी चैत ९ गते देशभरका सिनेमा हलमा चल्नका लागि तयार रहेको छ ।

अघिल्लो फिल्म ‘जात्रा’ र त्यसपछि बनेको ‘जात्रै जात्रा’ को उल्लेख्य व्यवसायिक सफलताले महाजात्रा बनाउन र लगानी जुटाउन सहज भएको बताए । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको यो फिल्म अघिल्ला फिल्ममा देखिएका केही कमीकमजोरीहरूलाई पनि सुधार गरेर बनाइएको कलाकार एवं निर्माता रविन्द्रसिंह बानियाँले बताए ।

‘महाजात्रा बनिसकेको छ, प्रदर्शनका लागि तयार छ, आफ्नो सबै क्षमता लगाएर फिल्म बनाएका छौं’ उनले भने, ‘राम्रो फिल्म बनाएकोले शहर शहरहरूमा सुनाउँदै हिँडेका छौं ।’

अभिनेता हरिवंश आचार्यले दर्शकहरूले पहिलेदेखि नै आफ्ना चलचित्रहरूलाई मन पराइदिने गरेको बताए । महाजात्राका माध्यमबाट चलचित्र जोगाउने अभियानमा सहयोग गर्न उनले आग्रह गरे । महाजात्राको टिमले निर्माण गरेका अघिल्ला चलचित्रहरू सबै सफल भएको र कमाई पनि गरेकोले यो चलचित्र बनाउन बल पुगेको उनले बताए ।

‘चैतको ९ गतेदेखि चलचित्र आउँदैछ, जात्राको टिमले बनाएको फिल्म राम्रा हुन्छन् भन्ने दर्शकहरूलाई छाप परिसकेको छ, दिग्गज कलाकारहरूले अभिनय गर्नु भएको छ’ आचार्यले भने, ‘एकदमै हँसाउने कलाकारसँग जोडिन पाएकोमा म पनि खुसी छु ।’

कलाकार विपिन कार्कीले फिल्म हेरुन्जेल समय बितेको पत्ता नहुने बताए । उनले हाँसेर नै चलचित्र सकिएको थाहा नपाउने बताए । महाजात्राको सुटिङकै क्रममा आफ्नो भूमिकामा आफैं हाँसेर सुटिङको टेक ‘कट’ भएको र सुटिङ युनिट नै हाँसेको अनुभव सुनाए ।

View : 177

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved