Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक

उद्‌घोष संवाददाता
२० जेठ २०८३, बुधवार

Advertisement

विराटनगर । पायोनियर मोटोकर्पले १९१ एमएम ग्राउण्ड क्लियरेन्सयुक्त ‘ओमोडा ई–५ प्रो’ मोडलको विद्युतीय गाडीको सार्वजनिक गर्दै विक्री वितरण सुरु गरेको छ ।

सारडा ग्रुपको पायोनियर मोटोकर्पले मंगलबार विराटनगरमा भव्य कार्यक्रममार्फत ई–५ प्रो मोडलका दुई भेरियन्टका गाडीको विक्री सुरु गरेको हो ।

सिंगल टोनको मूल्य ५१ लाख ५९ हजार र डबल टोनको ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

गाडीमा ५० दशमलव ७ किलोवाट आवरको ब्यट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ न्युटन मिटर टर्क (कुद्ने क्षमता) रहेको कम्पनीले जनाएको छ । त्यस्तै एक पटकको फुल चार्जमा ३५० किलो मिटर दूरी सहज तय गर्नसक्ने दाबी गरेको छ । 

१९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी नेपालका सवै खालका सडक अवस्थामा उपयुक्त भएको जनाइएको छ ।

गाडीको प्रदर्शनी शुभारम्भ सारडा ग्रुपका निर्देशक एवं सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडासहित एसपीजीका सन्दीप शारडा, प्रदीप शरडा, गौरव शारडा, अमित शारडा र राजेश शर्माले संयुक्त रूपमा गरेका छन् ।

उक्त अवसरमा विराटनगरबाट यो गाडी बुकिङ गर्ने दुईजनालाई गाडीको चाबी हस्तान्तरण गरिएको छ । जहाँ सिंगल भेरियन्टको मूल्य पहिलो ५० जना ग्राहकका लागि ४९ लाख ९९ हजार राखिएको र एक वर्षको अटोप्लस इन्स्युरेन्स पनि उपलब्ध हुने घोषणा गरिएको छ ।

फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारणले ओमोडा ई–५ प्रो एसयुभी बन्न सकेको दाबी गरिएको छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरू सुयश प्याकुरेल, नविन रिजाल, सिएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी लगायत उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।

View : 473

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved