विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ सम्वद्ध महिला पत्रकारहरूले दर खाएर खुसियाली साट्दै शनिबार तिज मनाएका छन् ।
महासंघ मोरङले आफ्नै सभाहलमा तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।
महासंघले हरेक वर्ष नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा तिज कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा मोरङका पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनमा क्रियाशील महिला पत्रकारहरूको सहभागिता रहेको महासंघकी कार्यवाहक अध्यक्ष तारा आचार्यले बताइन् ।
View : 353
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved