झापा । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ ।
गत भदौ २४ गते काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।
पुस १० गते अचानक बेहोस भएर लडेका मियाँको उपचारका क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय हुँदै शनिबार घर ल्याइएको छ ।
जबर्जस्ती करणी कसुरमा अदालतको फैसलाबमोजिम मियाँ चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।
View : 182
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved