विराटनगर : सरकारले सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । हालै बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय गरेको हो ।
सहकारी क्षेत्रको समस्या समाधानको लागि अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय भएको हो ।
नियमन नहुँदा सहकारीको नाममा ठगी धन्दा मौलाएको छ । देश संघीयतामा गएसँगै सहकारीलाई आकारअनुसार प्रदेश र पालिकामा पनि हस्तान्तरण गरिएको छ । सबैभन्दा धेरै सहकारी स्थानीय तह अन्तर्गत पर्दछन् ।
View : 251
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved