काठमाडौं । साताको दोस्रो दिनदेखि घट्न थालेको सेयर बजार मंगलबार बढोत्तरीको लयमा फर्किएन । नेप्से ०.१४ अंकले घट्दै २६८३.८६ को विन्दुमा बजार बन्द हुँदा ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
घटेको बजारलाई १.२५ प्रतिशतले बढेको फाइनान्स समूहले केही आड दिएको देखिएको छ । व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी, जलविद्युत र विकास बैंक समूहमा झिनो बढोत्तरी रह्यो ।
वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूह घटेका छन् । ११५ कम्पनीको सेयरमूल्य घटेको छ ।
जसमा मंगलबार बिहान बाढीले क्षति पुर्याएपछि बन्द रसुवागढी हाइड्रोपावरका लगानीकर्ता आत्तिएको जस्तो सूचकमा देखिएको छ ।
उक्त कम्पनीको सेयरमूल्य ५.०८ प्रतिशतले घटेको छ । बजार खुल्दा प्रति कित्ता ३६२ रुपैयाँ ५० पैसा रहेको उक्त कम्पनीको सेयर अन्तिममा ३५० रुपैयाँ ६५ पैसामा कारोबार भएको छ ।
१३३ कम्पनीको सेयरमूल्य बढ्दा बुटवल पावर कम्पनीको ८.२१ प्रतिशतले बढेको छ । उक्त कम्पनी मंगलबार सर्वाधिक कारोबार हुने सूचीमा पनि दोस्रो स्थानमा रह्यो ।
बुटवल पावरको ४१ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । पहिलो हुने नेपाल रिइन्स्योरेन्सको ५१ करोड ६७ लाखको कारोबार भयो भने तेस्रो बनेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि सोमबार बजार २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा रहँदा ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 409
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved