Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टका इशल थाइल्याण्ड जाँदै

उद्‌घोष संवाददाता
२७ साउन २०८२, मङ्गलवार

विराटनगर । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनोट भएका छन् ।

थाइल्याण्डमा यही भदौं ११–१५ सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनोट भएका हुन् । सो प्रतियोगितामा इशलसँगै नेपालका चार जना विद्यार्थी छनोट भएका छन् । 

प्रथम चरणको छनोटमा एभरेष्टका इशल, काब्या मावि काठमाडौंका चारू आचार्य, नेशनल इन्फोटेक कलेज वीरगञ्जका सारा श्रेष्ठ र वीरगञ्जकै गौतम सेकेन्डरी स्कुलकी स्वारा झा छनोट भएको बताइएको छ ।

नेपालका लागि यो कार्यक्रम आरभीआई ग्रुपसँगको सहकार्यमा आरभीआईपीएसको सहयोगमा ‘माई सेकेण्ड टिचर’ ले आयोजना गरेको हो । 

माई सेकेण्ड टिचर लागू गरिएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउन प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

छनोका लागि विद्यार्थीहरूले ५ सय शब्द र अधिकतम् ४ मिनेटसम्मको भिडियो पठाएका थिए । 

तीनै भिडियोको आधारमा उत्कृष्ट चार जना थाइल्याण्डका लागि छनोट भएका हुन् । त्यहाबाट छनोट भएकाहरूको फाइनल स्पर्धा भने चीनको सुझोउ, जियाङ्सुमा हुने जनाइएको छ ।

View : 393

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved