Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका २८ मध्ये १४ वटा क्षेत्रमा टुंगिए कांग्रेसका उम्मेदवार

उद्‌घोष संवाददाता
५ माघ २०८२, सोमवार

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका १४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १० वटा कांग्रेसले उम्मेदवार टुंगो लगाएको जनाइएको छ ।

कांग्रेसले ताप्लेजुङमा गजेन्द्र तुम्येहाङलाई उम्मेदवार बनाएको छ । तेह्रथुममा सन्तोष सुब्बा, धनकुटामा दिनेश राई, पाँचथरमा नरेन्द्र केरूङ, भोजपुरमा बालकृष्ण थापा, मोरङ–३ मा डा. सुनिल शर्मा, इलाम–१ निश्कल राई, इलाम–२ मा भेषराज आचार्य, उदयपुर–१ मा बिदुर बस्नेत र उदयपुर–२ मा रामकुमार राईको नाम टुंगिएको जनाइएको छ ।

त्यस्तै खोटाङमा वीरकाजी राई, ओखलढुंगामा रामहरी खतिवडा, सोलुखुम्बुमा प्रकाशसिंह कार्की, संखुवासभामा दिपनकुमार श्रेष्ठको उम्मेदवारी तय भइसकेको जनाइएको छ ।

कोशी प्रदेशमा नेकपा एमाले र नेकपाले भने उम्मेदवार टुंग्याइसकेका छन् । उनीहरूले उम्मेदवार टुंग्याएका केही क्षेत्रमा भने विवाद कायम छन् ।

View : 318

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved