Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

वडाध्यक्ष बस्नेतद्वारा खुट्टा भाँचिएकी दलित महिलाको उद्धार

उद्‌घोष संवाददाता
६ साउन २०८२, मङ्गलवार

Advertisement

विराटनगर । खुट्टा भाँचिएर थला परेकी एक दलित महिलाको सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले आफैं चढ्ने मोटरसाइकलमा राखेर अस्पताल पुर्‍याएका छन् । 

बाढी पहिरोका कारण स्थानीय सडक क्षतिग्रस्त बनेपछि एम्बुलेन्स आउन नसक्दा वडाध्यक्ष बस्नेतले मोटरसाइकलमा राखेर विरामीको उद्धार गरेका हुन् ।

दुई दिनअघि सोही वडामा काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएकी करीव ४२ वर्षीय कुमारी नेपालीलाई मोटरसाइकलमा राखेर गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।

‘काम गर्ने क्रममा लडेर उहाँको खुट्टा भाँचिएको रहेछ, आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई तिनदेखि घरमै बसिरहनु भएको थाहा पाएर उद्दार गरिएको हो’ वडाध्यक्ष बस्नेतले भने, ‘एम्बुलेन्स बोलाउँदा बाटो बिग्रिएर आउन सकेन, स्टेचरमा लैजान पनि कठिन भएकोले मोटरसाइकलमै अस्पताल लगियो ।’

उनले बाढी पहिरोका कारण स्थानीय सडकहरू क्षतिग्रस्त बनेको जानकारी दिए । 

जसका कारण आपतकालिन सेवाका सवारी साधन संचालनमा समेत कठिनाई भएको बताए ।

View : 1728

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved