Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

शान्ति समाज मोरङको साधारणसभा सम्पन्न

‘जेनजी’ आन्दोलनलाई वार्तामार्फत सम्बोधनको माग

उद्‌घोष संवाददाता
२२ कार्तिक २०८२, शनिवार

Advertisement

विराटनगर / मानवअधिकार तथा शान्ति समाज मोरङ शाखाको २७ औं साधारणसभा शुक्रबार  विराटनगरमा  सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख वक्ता  केन्द्रीय उपाध्यक्ष अधिवक्ता धन थापाले मन्तव्य व्यक्त गर्दै देशको हालको परिवर्तित अवस्थामा शान्ति र लोकतन्त्रको स्थापनाका लागि ‘जेनजी आन्दोलन’ ले स्थापना गर्न खोजेका सबल पक्षहरूलाई कमजोर ठान्न नहुने विचार राखिन् । उनले सरकारलाई जेनजीका मागहरूलाई वार्ताद्वारा मार्गप्रशस्त गर्न माग राख्दै शाखाको २७ औं साधारण सभाको सफलताको शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा शान्ति समाजका केन्द्रीय अनुशासन समितिका पूर्व संयोजक डिकप्रसाद घिमिरे, पूर्व केन्द्रीय सदस्यहरू सुदिप रिजाल र निर्मला सुवेदी, पूर्व शाखा सभापति वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ,, महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन समितिका सदस्य वेदप्रसाद संग्रौला, प्राध्यापक सीताराम चौलागाईं, महिला पतञ्जली योग मोरङकी अध्यक्ष सूची चौधरी, पूर्व अध्यक्ष लक्ष्मी चौधरी युग्मी, राजेन्द्रप्रसाद खनाल, ओमप्रकाश प्रसाईं, लक्ष्मी पोखरेल आचार्यसहितले मन्तव्य राखेका थिए ।

उनीहरूले  शान्ति समाजले अहिंसा, हरियाली तथा स्वस्थ वातावरण, विधिको पालना, आत्मसक्षम लगायतका राम्रा अभियान लिएर हिंडेकोले यसलाई व्यापक बनाउनु पर्नेमा जोड दिए ।  

कार्यक्रममा मोरङ कार्यसमितिका उपाध्यक्ष अशोक लामाले उपस्थित सबैलाई स्वागत गरेका थिए भने सभापति प्राडा जीवनकुमार ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।
 

View : 956

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved