Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

बाल पुस्तकालयद्वारा खेलकुद

उद्‌घोष सम्वाददाता
३० भदौ २०८१, आइतवार

बिराटनगर । विराटनगर–८ स्थित बाल पुस्तकालयले राष्ट्रिय बाल दिवस तथा संस्थाको १८ औं बार्षिक उत्सवको अबसरमा बालबालिकाबीच विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा पुस्तकालयले कविता, कथा तथा निबन्ध, वक्तृत्वकला प्रतियोगिताका साथै बिभिन्न उमेर समूहमा दौड प्रतियोगिता गराएको थियो ।

प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत कविता विधामा वार्षिका न्यौपाने प्रथम, स्पर्श निरौला द्वितीय, सिमरन अधिकारी तृतीय भएका थिए । त्यस्तै कवितामा लिजा सापकोटा, अर्पण ढकाल, स्पर्श न्यौपाने क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

वक्तृत्वकला प्रतियोगितामा अंशु निरौला प्रथम, आभा निरौला द्वितीय र सृजल शाह तृतीय भए । 

त्यस्तै दौड महिला समूह क अन्तर्गत नन्दनी मण्डल प्रथम, आरसी सिंह द्वितीय, निजा सापकोटा तृतीय भए । दौडकै समूह ख अन्तर्गत रानिका भूजेल, लच्मी सहनी, अर्पिता रिमाल क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

दौडकै पुरुषतर्फ समूह क अन्तर्गत निर्भिक घिमिरे, रियान्स कार्की, स्पर्श न्यौपाने क्रमशः प्रथम, द्वितीय र तृतीय भए । 

समूह ख केटातर्फ इलेद न्यौपाने प्रथम, नेक राजबंशी द्वितीय र साश्वत भट्टराई तृतीय भए ।

बिभिन्न २८ वटा पुरस्कार वितरण गरिएको कार्यक्रममा पुरस्कृत बादलबालिकालाई कोशी प्रदेश सांसद शिला  दीक्षित कार्की पुरस्कार वितरण गरेकी थिइन् ।

१८ औं बार्षिक साधारण सभाको अवसरमा समाजसेवी गणेशप्रसाद पोखरेल र दिव्यराज घिमिरेलाई सम्मान गरिएको पुस्तकालयका सचिव राजन भण्डारीले बताए ।

कार्यक्रमको उद्घाटन समारोहमा विराटनगर– ८ का वडाध्यक्ष राम फोखरेलले बालबालिकाको ब्यक्तित्व विकासका लागि खेलकुदको महत्व हुने बताए । कार्यत्रम संस्थाका अध्यक्ष इन्द्रप्रसाद निरौलाले गरेका थिए ।

View : 199

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved