Biratnagar, Morang, Nepal
३ असोज २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

नेवार समुदायले निकाले भीमसेन जात्रा

उद्घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

Advertisement

विराटनगर । मंगलबार विराटनगरमा भीमसेन खट्यात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले खट्यात्रा निकालेका हुन् । 

विराटनगर–१० संसारीमाई स्थानस्थित  भीमसेन मन्दिर परिसरबाट निकालिएको खट्यात्राले विराटनगरको विभिन्न भागको फरिक्रमा गरेको थियो । सो त्रममा भीमसेन महाराजको मूर्तिलाई खट्मा राखेर नगर परिक्रमा गराइएको थियो । नगरपरिक्रमा पछि स्थानीय बगलामुखी मन्दिर परिसरमा पुगेर समापन भएको थियो । 

नेवार समुदायका मानिसहरूसहित अन्य समुदायका ब्यक्तिहरूको समेत सहभागिता रहेको जात्रामा धिमेबाजा र लाखे नाचसमेत झाँकीका रूपमा निकालिएको थियो । नेवार समुदायले भीमसेनलाई कुल देउताका रूपमा पूजा गर्दै आएका छन् । 

शान्ति र समृद्धिको कामना गर्दै निकालिने भीमसेन जात्रा काठमाडौं, दोलखा, भोजपुर, धनकुटा लगायतका शहरसहित नेवार समुदायको बसोबास रहेका अन्य क्षेत्रहरूमा समेत निकालिने गरेको छ । 

पछिल्लो समय विराटनगरमा समेत यो जात्रा निकाल्न थालिएको छ । काठमाडौंस्थित एक दातृ संस्थाले विराटनगरको भीमसेन मन्दिरलाई उपलब्ध गराएको सुनको जलप लगाइएको भीमसेनको मूर्ति संसारीमाइस्थान परिसरमा नायाँ बनाइएको  मन्दिरमा स्थापना गरिएयता भीमसेन जात्रा निकाल्न थालिएको हो ।

२०६८ सालयता विराटनगरमा भीमसेन जात्रा निकाल्न थालिएको भीमसेन मन्दिर समितिका महासचिव भविषकुमार श्रेष्ठले बताए ।

View : 39

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved