Biratnagar, Morang, Nepal
४ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

इञ्जीनियर कमलेश्वर ठाकुर उत्कृष्ट सहकारीकर्मीबाट सम्मानित

उद्‌घोष सम्वाददाता
२६ चैत २०८१, मङ्गलवार

विराटनगर । मोरङका सहकारी अभियन्ता इञ्जीनियर कमलेश्वर ठाकुर कोशी प्रदेशकै उत्कृष्ट सहकारीकर्मीको रुपमा सम्मानित भएका छन् ।

उनलाई सोमवार ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले विशेष कार्यक्रमकाबीच सम्मान गरेको हो । 

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, प्रदेश सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डा डिल्ली पोखरेलले उनलाई सम्मानपत्रसहित सम्मान गरे । 

सो कार्यालयले कोशी प्रदेशमा कार्यरत उत्कृष्ट सहकारीकर्मी  छनोटका लागि गठित मनोज कार्की संयोजक रहेको समितिले इञ्जीनियर ठाकुरको नाम सिफारिस गरेको थियो । 

साविक टकुवा गाविस–८  हाल सुनवर्षी नगरपालिका–५ मा स्थायी बसोबास गर्दै आएका ई ठाकुरले २०६६ सालदेखि सहकारी क्षेत्रमा यात्रा प्रारम्भ गरेका थिए । सहकारीको व्यवस्थापकीय, सुशासन र विकासमा विभिन्न पदीय जिम्मेवारी वहन गर्दै हाल रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् । 

यो वर्ष मर्यादित सहकारी, समुन्नत समाज भन्ने मूल नारासहित ६८ औं सहकारी दिवस विविध कार्यक्रमहरुसहित भव्यरुपमा मनाइएको छ ।

View : 648

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved