Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पञ्चायत माविले मनायो वार्षिकोत्सव

उद्‌घोष संवाददाता
१९ माघ २०८२, सोमवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँमा रहेको पञ्चायत माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ६१औं वार्षिकोत्सव मनाएको छ ।

सुन्दरहरैंचा–७ का वडाध्यक्ष भुवनसिंह आलेमगरले सो कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए । 

वार्षिकोत्सवमा विद्यालयमा हालै नियुक्त भएका शिक्षक तथा कर्मचारीलाई स्वागत गरिएको थियो । 

विद्यालयमा गत वर्षको शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कक्षागत रूपमा पुरस्कृत गरिएको थियो । 

विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै हालै भएको सुन्दरहरैंचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काँस्य पदक जित्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले विद्यालयको हालको अवस्था र भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले विद्यालयको वार्षिक प्रगतिको अवस्था र भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

विद्यालयमा स्थापित अक्षयकोषमार्फत् छात्रवृत्ति वितरण गरिएको थियो । अध्ययनको लागि विद्यालयबाट बिदा लिएकी शिक्षक ज्ञानु घिमिरेलाई कार्यक्रममा बिदाइ गरिएको थियो ।

View : 253

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved