विराटनगर । ७४ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित अलका टोल समितिले अग्रज साहित्यकार समेत रहेका ज्येष्ठ नागरिक हरिप्रसाद तिम्सिनालाई सम्मान गरेको छ ।
सोमबार ज्येष्ठ नागरिक वडा समितिको भवनमा आयोजित कार्यक्रममा तिम्सिनालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने र आयोजक संस्थाका अध्यक्ष यादनरसिंह कार्कीले तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । टोल समितिले हरेक वर्ष समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहाल, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, प्रमुख सल्लाहकार ललित श्रेष्ठ, उपाध्यक्ष कृष्णकुमारी थापा, ध्रुव चौहानलगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, मोहनकुमार ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित सिर्जना वाचन गरे । सोही अवसरमा समाजसेवी पदमकुमार श्रेष्ठ र ललित श्रेष्ठलाई ज्येष्ठ नागरिक वडा समितिको सल्लाहकारको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
View : 194
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved