विराटनगर । मोरङको जहदा गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्म अंग्रेजी, गणित र नेपाली विषयमा न्यूनतम सिकाई उपलब्धी मापदण्डअनुसार कार्य सम्पादन गर्न सबै आधारभूत तहका विद्यालयलाई निर्देशन दिएको छ ।
गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, शिक्षा शाखा प्रमुख दीपक खनाल लगायतले पालिकाभित्र सञ्चालित आधारभूत सार्वजनिक विद्यालयहरूलाई आइतबार गाउँपालिकाको कार्यालयमा बोलाएर शिक्षा सुधार गर्न निर्देशन दिएका हुन् ।
शैक्षिक सत्र २०८० को कक्षा १० को वार्षिक परीक्षा एसईईको नतिजा समीक्षा गर्दै गुणस्तरीय शिक्षामा ध्यान दिन विद्यालयलाई निर्देशन दिए ।
जहदा गाउँपालिका अन्तर्गत २१ वटा आधारभूत तहका सामुदायिक विद्यालय रहेका छन् । प्रधानाध्यापकहरू विशनलाल मण्डल, धर्मेन्द्रकुमार शाह, वीरेन्द्रप्रसाद मण्डल, नवीन गौतम लगायतले पालिकाले दिएको निर्देशनअनुरुप आफूहरू शैक्षिक गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।
View : 281
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved