सुनसरी । प्रहरीको लागि बनाइएको अस्थायी संरचनाबाट सुनसरीको सीमा क्षेत्रमा खटिदै आएको सशस्त्र प्रहरीको बसन्तपुर बीओपीले आफ्नै भवनबाट काम थालेको छ ।
२०६५ सालमा सुरक्षा वेस क्याम्पका रुपमा स्थापित सशस्त्र प्रहरीको उक्त युनिट २०७५ मा बीओपीमा रुपान्तरण भएको थियो ।
जिर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको सशस्त्र प्रहरीको बसन्तपुरको बीओपी नयाँ भवनको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उद्घाटन गरेका छन् ।
नेपाल भारत सीमाको दशगजाबाट ५ सय मिटरभित्र पर्ने उक्त बीओपीको नया भवन निर्माण गरी सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल ४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
१ करोड ७० लाख ५२ लाख २ सय ५२ रुपैयाँमा निर्माण सम्पन्न नयाँ भवन उद्घाटनसँगै बाहिनीपति न्यौपानेले निरीक्षण समेत गरेका छन् ।
भवन उद्घाटन पश्चात बाहिनीपति न्यौपानेले सशस्त्र प्रहरीले सीमा क्षेत्रका स्तम्भको रेखदेख, राजश्व संकलन र चोरी तस्करी नियन्त्रण जस्ता कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए ।
नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार नम्बर ४ गण सुनसरी मातहत २ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र ९ वटा बोर्डर आउट पोष्ट बीओपी गरी ११ युनिट रहेका छन् ।
View : 308
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved