Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

मोरङ उद्योग व्यापार संघको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं

उद्‌घोष संवाददाता
२७ असोज २०८२, सोमवार

विराटनगर । मोरङ उद्योग व्यापार संघको प्रमुख कार्यकारी अधिकृतमा भरत प्रसाईं नियुक्त भएका छन् ।

घरायसी कार्यव्यस्तताको कारण देखाउँदै प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीले राजिनामा दिएका छन् । रेग्मीको राजिनामापछि संघले प्रसाईंलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

विराटनगर–३ बुद्धचोक निवासी प्रसाईं यसअघि स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम अन्तरगत कार्यरत थिए ।

जेनजी आन्दोलनका क्रमका उक्त कार्यक्रमको कार्यालय र सम्पूर्ण कागजातसमेत जलेका थिए ।

त्यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामा काम गरेको अनुभव बोकेका प्रसाईंले आफू विराटनगरबासी भएकाले विराटनगरमै रहेर काम गर्ने योजना अनुसार संघमा आवद्ध भएको बताए ।

View : 543

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved