Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सत्यनारायण माविको विव्यस अध्यक्षमा पूर्वप्रअ खरेल

उद्‌घोष संवाददाता
१ माघ २०८२, बिहिवार

विराटनगर । शैक्षिक सुधारमा अघि बढेको विराटनगर–७ सत्यनारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा धर्मानन्द खरेल चयन भएका छन् । खरेल सोही विद्यालयका पूर्वप्रधानाध्यापक हुन् । 

उनी प्रधानाध्यापक भएकै बेलामा सत्यनारायण माविमा शैक्षिक तथा अन्य सुधारको प्रयास अघि बढेको थियो । बुधबार भएको भेलाले खरेललाई विव्यस अध्यक्षमा सर्वसम्मत चयन गरेको जनाइएको छ ।

व्यवस्थापन समितिको सदस्यमा सन्तोष साह, रणवीर झा, सुनकुमारी कार्की सिंह, सुभद्रा कुमारी चौधरी चयन भएका छन् । 

त्यस्तै सदस्यमा वडा प्रतिनिधि जितेन्द्र अग्रवाल, रेणु तोदी (संस्थापक परिवार) र प्रभात नेपाल (शिक्षक प्रतिनिधि) चयन भएको विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराईले जानकारी दिए ।

View : 112

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved