Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

केभीएममा विज्ञान प्रदर्शनी र खाना महोत्सव

उद्‌घोष संवाददाता
१६ फागुन २०८२, शनिवार

विराटनगर । विराटनगर–१० स्थित कोशी विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अग्रसरतामा शुक्रबार विज्ञान प्रदर्शनी र खाना महोत्सव आयोजना गरिएको छ ।

पाँच सयबढी विद्यार्थीहरूको सहभागितामा ‘साइन्स एक्जिविशन र फुड फेस्टिभल’ आयोजना गरिएको विद्यालयका प्राचार्य चुडाचन्द्र श्रेष्ठले जानकारी दिए । कक्षा १ देखि १० सम्मका विद्यार्थीले विज्ञान प्रदर्शनीमा विभिन्न प्रकारका प्रयोगात्मक प्रदर्शन गरेका थिए भने कक्षा ५ देखि ९ सम्मका विद्यार्थीले खानाका परिकार आफैंले तयार पारेर बिक्री वितरणसमेत गरे ।

प्रदर्शनीमा खाना महोत्सवका लागि ६ र विज्ञान प्रदर्शनीका १० वटा स्टल राखिएको प्राचार्य श्रेष्ठले बताए । 

उनले विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त उनीहरूको चौतर्फी विकासका लागि यस प्रकारका अतिरिक्त क्रियाकलाप हरेक वर्ष आयोजना गर्दै आएको बताए ।

खाना महोत्सवमा विद्यार्थीहरू आफैंले खानाका परिकार पकाउने र सहभागी अन्य विद्यार्थी तथा शिक्षकहरूलाई बिक्री गरी स्वाद चखाएका थिए । 

त्यसका लागि विद्यालयले आवश्यक वातावरण तयार गरिदिएको श्रेष्ठले जानकारी दिए । 

खाना महोत्वस आयोजना गर्न केभीएमकै सहकार्यमा रहेको एरागत होटल स्कुलका विद्यार्थीले सहयोग गरेका थिए । 

विद्यार्थीहरूले इन्डियन, चाइनिज, कन्टिनेन्टल, इटालियन, फ्रेन्च कुजिन तथा बेभरेजहरू (पेय पदार्थ) तयार पारेका थिए ।

विज्ञान प्रदर्शनीतर्फ विद्यालयमा आयोजना गरिने क्विज केन्टेष्टका लागि मोबाइल एप र विद्यार्थीहरूले आफ्नै स्कुलका लागि तयार पारेको वेबसाइट प्रदर्शन गरे । त्यस्तै उनीहरूले सेन्सिङ रोबोट, रकेट निर्माण गर्नुका साथै विज्ञानका अनेकौं सिद्धान्तसँग सम्बन्धित प्रयोगात्मक अभ्यास प्रदर्शन गरेका थिए ।

View : 312

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved