Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

सरकारविरुद्ध विराटनगरमा रास्वपाको प्रदर्शन

उद्घोष सम्वाददाता
१७ पुष २०८०, मङ्गलवार

विराटनगर । काठमाडौंको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दुई युवकको न्यायका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार विराटनगरमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । रास्वपा विराटनगर महानगर समितिको आयोजनामा पार्टीका संघीय सांसद एवं केन्द्रीय सदस्य अशोककुमार चौधरीसहितको उपस्थितिमा विराटनगरको ट्राफिक चोकमा प्रदर्शन भएको हो ।

प्लेकार्डसहित विरोधमा सहभागी भएका रास्वपाका महानगर, जिल्ला, प्रदेश र केन्द्रीय तहका नेता तथा कार्यकर्ताहरुले पेट पाल्न विदेश जान्छु भन्ने गरीव श्रमिकलाई सडकमा गोली किन हानेको भन्दै सरकारलाई प्रश्न गरेका थिए । उनीहरुले माओवादी सशस्क्र युद्धका त्रममा मारिएका १७ हजार व्यक्तिहरुमा माओवादी नेतृत्वकै वर्तमान सरकारले थप दुईजनाको हत्या गरेर १७ हजार २ पुर्‍याएको भन्दै आलोचना गरेका थिए ।

रास्वपाका कार्यकर्ताहरुले वाइडबडी खरिद प्रकरण, यति काण्ड, ओम्नी काण्ड, गिरीबन्धु काण्डका फाइल किन थन्क्याएको भन्दै प्रश्न गरेका थिए । उनीहरुले प्रधानमन्त्री र मन्त्री भने करोडौं खर्चमा जहाजमा विदेश र हेलिकप्टरमा स्वदेश शयर गर्ने गरेको भन्दै विरोध जनाए ।

रास्वपा कोशी प्रदेश समितिका सभापति एवं केन्द्रीय सदस्य राजेशकुमार तिम्सिनाले सरकार नालायक बन्दै गएको टिप्पणी गरे । उनले जनताको सुरक्षा गर्ने जिम्मेवारीमा रहेको सुरक्षा निकायले नै सरकारको योजनामा गोली हानेर हत्या गरेको आरोप लगाए ।

रास्वपाले विराटनगरमा प्रधानमन्त्री र गृहमन्त्रीको ‘पुत्ला सजाउने’ कार्यक्रम राखे पनि प्रहरी हस्तक्षेप हुन थालेको भन्दै ऊक्त कार्यत्रम स्थगित गरी विरोध प्रदर्शन गरेको जनाइएको छ ।

View : 201

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved