विराटनगर । जेनजी प्रदर्शनका नाममा अनेकौं व्यक्ति र समूहको प्रवेश गरी लुटिएका सामानहरू धमाधम फिर्ता हुन थालेका छन् । त्यस्तै तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको सामाजिक सञ्जालका माध्यमबाट फोटो र भिडियो पनि सार्वजनिक भइरहेका छन् ।
सार्वजनिक सम्पत्तिमा आगो लगाउने कार्यमा प्रमुख दल र नेताको अघिपछि हिंड्ने व्यक्तिहरूदेखि कुलतमा लागेका र मन्दिरका पूजारीसम्मको संलग्नता देखिएको छ ।
भाटभटेनी सुपरस्टोरमा गरिएको आगजनीमा नेपाली बोल्न नजान्ने व्यक्तिहरूको समेत संलग्नता रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
तोडफोड र आगजनीबाट भएको क्षतिको वास्तविक विवरण अझै आइसकेको छैन । तर उक्त कार्यमा संलग्न भएका व्यक्तिहरूको अनुहार भने सार्वजनिक भइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी, लुटपाट तथा आम सर्वसाधारणमा त्रास सिर्जना गर्ने कार्यमा संलग्नहरूको फोटो र भिडियो लगायतका विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
View : 387
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved