Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक

उद्‌घोष संवाददाता
३ चैत २०८२, मङ्गलवार

विराटनगर । मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा १ देखि ५ कक्षासम्म अध्ययनरत ६७ जना गरीव तथा लोपोन्मुख समुदायका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ । 

रंगेली नगरपालिका–२ स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल निराजन दाहालले सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक विद्यार्थीहरूलाई सोमबार पोशाक वितरण गरेका हुन् । 

मोरङको पूर्वउत्तर क्षेत्रमा रहेको यो विद्यालयमा आदिवासी जनजाति, लोपोन्मुख समुदाय र गरीव असहाय परिवारका बालबालिका अध्ययनरत छन् । 

विद्यालयको पूर्वाधार पनि कमजोर रहेकाले धेरै दाताहरूबाट विद्यार्थीहरूलाई हौसला बढाउन विभिन्न प्रकारका सहयोग हुँदै आएकोमा पोशाक उपलब्ध गराएर थप सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँले बताए ।

उक्त अवसरमा ज्ञानज्योति विद्यालयका सहायक प्रिन्सिपल शिव लम्साल, त्रिभुवन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।

View : 38

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved