Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

प्रिन्सिपल एसोसिएसन विराटनगरको अध्यक्षमा भट्टराई

उद्‌घोष संवाददाता
७ चैत २०८२, शनिवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (पान) को अध्यक्षमा पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई चयन गरेको छ ।

भट्टराईको अध्यक्षतामा शुक्रबार १५ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा सत्यनारायण माविका प्रअ मनोजकुमार भट्टराई, सचिवमा विराट आधारभूत विद्यालयका प्रअ अरविन्दकुमार यादव, सहसचिवमा सिद्धकाली आधारभूत विद्यालयका प्रअ भोजकुमार अधिकारी र कोषाध्यक्षमा सार्वजनिक माविका प्रअ खगेन्द्र खवास चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा विराट महेन्द्र रात्री माविका प्रअ झंकप्रसाद पराजुली, ज्योति आविका प्रअ वेदनिधि भट्टराई, रघुपति आविका प्रअ शिवचन्द्र सिंह, विष्णु आविका प्रअ मुकेशकुमार यादव, जागृति आविका प्रअ दधिराम नेपाल चयन भएका छन् ।

सदस्यमै दिधि आविका प्रअ हस्तकला राई, पञ्चकन्या आविका प्रअ चन्द्र रेग्मी, शिव आविका प्रअ जगन्नाथ कामत, जनता मावि इक्राहीका प्रअ शिवराज बिष्ट र राम आविका प्रअ राजीवकुमार यादव चयन भएका हुन् ।

सत्यनारायण माविमा आयोजित भेलामा पान कोशी प्रदेश समितिका अध्यक्ष विश्वरसिंह मेवाहाङ राई, मोरङ जिल्ला अध्यक्ष श्यामबाबु काफ्ले, उपाध्यक्ष राजेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

नवगठित महानगर समितिका अध्यक्ष भट्टराईले स्वतन्त्र रूपमा शैक्षिक सुधारको अभियान सञ्चालन गर्ने, पेशागत थलोका रूपमा संस्थालाई अघि बढाउने, विद्यालयका असल अभ्यासहरूलाई एकअर्का विद्यालयमा आदानप्रदान गर्ने, शिक्षक र कर्मचारीहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न जोड दिइने बताए ।

भेलामा विभिन्न ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको जनाइएको छ ।

View : 1067

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved