विराटनगर : विसं १९८६ मा स्वर्गीय कृष्णप्रसाद कोइरालाले स्थापना गरेको विराटनगर महानगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयको शैक्षिक उन्नयनबारे विद्यालयमै छलफल गरिएको छ ।
प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको उपस्थितिमा सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी र पूर्व शिक्षकहरूको उपस्थितिमा छलफल गरिएको हो ।
आदर्श माध्यमिक विद्यालय स्थापना गर्दाको अवस्था र वर्तमान शैक्षिक अवस्थाबारे उनीहरूले चर्चा गर्दै आगामी दिनमा विद्यालयको उन्नयनका लागि कार्ययोजना बनाउने विषयमा छलफल भएको त्यसको अगुवाई गरेका प्राध्यापक कृष्ण पोखरेलले जानकारी दिए । पोखरेलले सोही विद्यालयमा अध्ययन गरेर पछि शिक्षकका रूपमा समेत काम गरेका थिए ।
उक्त अवसरमा विद्यालयमा अध्ययन गरेर हाल समाजका विभिन्न पेशा र क्षेक्रमा त्रियाशील रहँदै आएका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको अध्यक्षता भएको कार्यक्रममा सोही विद्यालयका प्राचार्य सन्तोष पोखरेलले सहजीकरण गरेका थिए ।
View : 205
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved