Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

मोरङ–६ मा विनोद ढकालले आज विहान ११ बजे मनोनयन दर्ता गर्ने

उद्‌घोष संवाददाता
६ माघ २०८२, मङ्गलवार

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका एमाले नेता विनोद ढकालले मंगलबार विहान ११ बजे मनोनयन दर्ता गर्ने भएका छन् । 

फागुन २१ तोकिएको प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फ मोरङ–६ मा ढकाल उम्मेदवार बनेका छन् । 

मनोनयन दर्ताका लागि एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा भेला हुने कार्यक्रम तय भएको नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापागाईँले जानकारी दिए । 

मोरङ–६ अन्तरगत विराटनगर महानगरको वडा नम्बर ४, ५, ६, ११, १२, बुढीगंगा गाउँपालिका र सुन्दरहरैचाको भुगोलबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, टोल, जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको उनले बताए ।

त्यस्तै, मोरङ क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका मनोज अग्रवालको मनोनयन दर्ताका लागि रोडशेष चोकमा भेला हुने र निर्वाचन अधिकृतको कार्यालयमा जाने कार्यक्रम रहेको सचिव चापागाईँले जानकारी दिए ।

View : 165

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved