एमाले कोशी संसदीय दलको बैठक
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्वो चयन भएका छन् । मंगलबार बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले उपनेतामा मेन्याङ्बोलाई चयन गरेको सचेतक कमला दर्नालले जानकारी दिइन् ।
उपनेता रहेका राम बहादुर मगर सरकारको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएपछि दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेन्याङ्बोलाई उपनेतामा प्रस्ताव गरेका थिए । दलको बैठकले सर्वसम्मत रुपमा मेन्याङ्बोलाई उपनेता चयन गरेको सचेतक दर्नालले बताइन् ।
एमाले केन्द्रीय सदस्य समेत रहेका मगर २०८० वैशाख २० मा संसदीय दलको उपनेता चयन भएका थिए । मंगलबार उपनेता चयन भएका मेन्याङ्बो भने एमाले पोलिटब्युरो सदस्य समेत हुन् ।
उनी ताप्लेजुङबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
एमाले संसदीय दलको बैठकमा सहभागी भएका सांसदहरुले आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटलाई सरकारले प्रभावकारी रुपमा विनियोजन गर्नुपर्ने सुझाव दिएका थिए ।
सुझाव दिनकै लागि पाँच सदस्यीय कार्यदल समेत गठन गरेको सचेतक दर्नालले जानकारी दिइन् ।
उपनेता मेन्याङ्वोको संयोजकत्वमा सचेतक दर्नालसहित प्रदेश सभा सदस्य तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी सदस्य रहेका छन् ।
कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश सभामा पेस गर्ने नीति तथा कार्यक्रम र बजेटबारे जेठ १८ गतेभित्र संरचनागत सुझावहरू दिने जनाइएको छ ।
View : 179
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved