क्षेत्र नम्बर १ (क) बाट चयन भएका साधारण सभाका प्रतिनिधिहरु । तस्वीर : उद्घोष
विराटनगर । विराटनगर–३ स्थित विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानी आयोजनाले तीन बर्षदेखि हुन नसकेको बार्षिक साधारण सभाका लागि सातवटा क्षेत्रबाट १५० जना प्रतिनिधि निर्वाचित गरेको छ ।
साधारण सभाका लागि क्षेत्रगत रुपमा शनिबार भएको प्रतिनिधि छनौट अन्तरगत सातैवटा क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको आयोजनाका अध्यक्ष लालमणि भट्टराईले बताए ।
साधारण सभाका लागि कूल २०५ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । जसमध्ये सातवटा क्षेत्रबाट प्रत्यक्ष रुपमा १५० जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । सवै क्षेत्रबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
क्षेत्र १ (क) बाट २७, ४ (ख) बाट २०, ४(ग) बाट ३५, ४(घ) बाट १४, ५(ङ) बाट २१, ३(च) बुढीगंगाबाट २९ र ३(च) विराटनगर–१९ बाट चार जना प्रतिनिधि चयन भएका हुन् ।
बाँकी रहेका प्रतिनिधिमा उपभोक्ता संस्थाको कार्यसमिति, खानेपानी सुरक्षा समिति र क्षेत्रगत समिति लगायतबाट चयन हुने जनाइएको छ ।
मानगढ खानेपानी आयोजनाको क्षेत्रभित्र हाल ६ हजार २३१ खानेपानी उपभोक्ता रहेका छन् । उनीहरूले सर्वसम्मत रुपमा क्षेत्रगत रुपमा प्रतिनिधि चयन गरेका हुन् ।
प्रतिनिधि छनौट भएको ३५ दिनपछि साधारण सभा गर्नुपर्ने व्यवस्था बमोजिम आयोजनाले चाँडै साधारण सभाको मिति घोषणा गर्ने सचिव प्रदीपकुमार नेपालले बताए ।
आयोजनाले संस्थागत सुधार गर्दै खानेपानी आयोजनालाई उपभोक्तामैत्री बनाउन र भएका गतिविधिलाई पारदर्शी रुपमा उपभोक्तामाझ लैजाने नीति लिएको उनले जानकारी दिए ।
View : 285
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved