Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अनियन्त्रित गतिमा गुडेको मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

उद्‌घोष संवाददाता
४ कार्तिक २०८२, मङ्गलवार

विराटनगर । अनियन्त्रित गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर सोमबार उदयपुरमा एक युवकको मृत्यु भएको छ । 

सोमबार राती साढे १० बजेतिर मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको कटारी नगरपालिका–४ ककरु खोलाको पुल नजिकै कटारीवाट सिन्धुली तर्फ जाँदै गरेको बागमती प्र. ०२–०५४ प ६९९० नम्बरको मोटरसाईकल तीब्र गतिका कारण दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकलमा सवार कटारी–४ तल्लो कटारीका करीव १६ वर्षीय सम्राट खड्काको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनामा कटारी–४ सिम्ले बस्ने करीव १८ वर्षीय राजमणी कटवाल गम्भीर घाईते भएका छन् । 

उनको कटारी अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको जनाइएको छ ।

View : 335

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved